काठमाडाैं ।नेपालगन्ज सिमा नाकाबाट सोमबार उद्दार गरि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५ सय ब्यक्तीहरु फरार भएका छन् ।
दिउँसो एक बजे सम्मको अन्तिम समयसम्म नेपालगन्जको सिमा नाका जमुनहामा प्रबेश गराएर स्वास्थ्य जाँच गराएका ८ सय जनालाई क्वारेन्टाइनमा पुर्याइएको थियो।
धेरै जसो क्वारेन्टाइनबाट भागेपछि अहिले २ सय देखि ३ सयसम्म जतिको संख्यामा रहेका छन् । सबै जसो युवाहरु फरार भएका छन् ।
अहिले क्वारेन्टाइनमा महिला, बालबालिकालगायत वृद्धबृद्दा छन् । भारतबाट आएका ती नेपालीहरु क्याम्पसको पश्चिम् तिरको पर्खालबाट भागेको बताइएको छ।