काठमाडौं । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म १४ हजार ७ सय ४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिमा ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन् । २ लाख २६ हजार ३ सय १२ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १ सय ९२ भन्दा बढी देशमा देखा परीसकेको छ ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २७२ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार ९३ जना सङ्क्रमित रहेका छन् ।
हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण ५ हजार ४७६ व्यक्तिको मृत्यु भएको छ । हाल ५९ हजार १ सय ३८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार ७ हजार २४ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ६ सय ८५ व्यक्तिको मृत्यु भएको छ । हाल २१ हजार ६ सय ८५ जना सङक्रमित रहेका छन् । सात हजार ९ सय १३ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा १ हजार ७ सय ७२ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ७ सय ६८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार दुई हजार ५ सय ७५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८७३ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार २६६ उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको कारण ४ सय ५७ व्यक्तिको मृत्यु भएको छ । हाल ३५ हजार ६० जना सङक्रमित भने १ सय ७८ उपचारपछि निको भएर घर फर्किएका छन् ।
फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ६ सय ७४ व्यक्तिको मृत्यु भएको छ । हाल १६ हजार १८ जना सङक्रमित रहेका छन् । एक हजार २ सय ९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ११ व्यक्तिको मृत्यु भएको छ । ८ हजार ९ सय ६१ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार ३ हजार १ सय ६६ उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ९८ व्यक्तिको मृत्यु भएको छ । ७ हजार ७ सय २४ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् ।
बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण २ सय ८१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ६ सय ८३ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ७९ व्यक्तिको मृत्यु भएको छ । चार हजार २ सय ४ सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण १६ व्यक्तिको मृत्यु भएको छ । ३ हजार ६ सय १९ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ७५ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ४ सय १ सङ्क्रमित भएका छन् । यसैबीच ३ सय ४० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट ७ व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानमा ४० मा सङ्क्रमण देखिएको र एकको मृत्यु भएको छ । रासस/एएफपी