२४ घण्टाभित्र कोरोना संक्रमित युवती चढेको सबै यात्रुसँग सम्पर्क गर्न निर्देशन

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएकी युवती चढेको हवाईजहाजका अन्य यात्रुको खोजी गरी तत्काल परीक्षणको दायरामा ल्याउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन ईकाईले ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई २४ घण्टाभित्र यात्रुहरु पत्ता लगाउन निर्देशन दिएको हो । ईकाईले महाशाखालाई जहाजका यात्रुसहित संक्रमित देखिएको महिला यात्रुको परिवारका सदस्यहरु, [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएकी युवती चढेको हवाईजहाजका अन्य यात्रुको खोजी गरी तत्काल परीक्षणको दायरामा ल्याउन निर्देशन दिएको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन ईकाईले ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई २४ घण्टाभित्र यात्रुहरु पत्ता लगाउन निर्देशन दिएको हो ।

ईकाईले महाशाखालाई जहाजका यात्रुसहित संक्रमित देखिएको महिला यात्रुको परिवारका सदस्यहरु, उनको सम्पर्कमा आएका अन्य व्यक्ति समेतलाई परिक्षण गर्न निर्देशन जारी गरेकाे हाे ।

सोमबार कतार एयरवेजबाट नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ देखिएपछि उनीसँग आएका अन्य यात्रुले पनि परीक्षण गनुपर्ने धारणा नागरिकले मात्र हाेइनन् विज्ञहरूले पनि  राखेका छन् ।

कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल उत्रेकी उक्त युवतीलाई कोरोनाको संक्रमण पुष्टी भएको सरकारले सोमबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिएको हाे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलाेचन पाैड्यालका उनुसार उनी कतारको दोहाबाट क्यू आर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएकी थिइन् । प्राधिकरणका अनुसार उक्त दिन त्यो जहाजमा २ सय ५ जना यात्रु रहेका थिए ।

Share News