नेपालमा कोरोना परीक्षण विश्वसनीय छ: डब्लूएचओ

<p>काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरस अर्थात कोभिड-१९ को परीक्षण विश्वसनीय भएको बताएकाे छ ।  संगठनका नेपाल प्रतिनिधि कोस भ्यानडेलयरले नेपालमा कोरोना परीक्षणको अवस्था सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोभिड(१९ का आशंकित व्यक्तिहरुको जाँच प्रक्रिया विश्वसनीय भएको र प्रयोगशालामा कार्यरत चिकित्सकहरुले उच्चस्तरीय दक्षता प्रदर्शन गरिरहेको बताएका छन् । नेपालको [&hellip;]</p>

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरस अर्थात कोभिड-१९ को परीक्षण विश्वसनीय भएको बताएकाे छ ।  संगठनका नेपाल प्रतिनिधि कोस भ्यानडेलयरले नेपालमा कोरोना परीक्षणको अवस्था सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोभिड(१९ का आशंकित व्यक्तिहरुको जाँच प्रक्रिया विश्वसनीय भएको र प्रयोगशालामा कार्यरत चिकित्सकहरुले उच्चस्तरीय दक्षता प्रदर्शन गरिरहेको बताएका छन् ।
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा डब्लूएचओ नेपालले नेपालमा डा. जोनाथन आशक्रोफ्टको नेतृत्वमा बेलायती जनस्वास्थ्य र्‍यापिड सपोर्ट टिम परिचालन गरिएकोसमेत जनाइएको छ ।
नेपालमा उक्त टोलीले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली १३ देखि २१ मार्च, २०२० सम्म सहयोग गरेको बताइएको छ ।

Share News