अमेरिकामा दुई जना नेपालीमा देखियो कोरोना पाेजेटिभ

<p>काठमाडाैं । अमेरिकामा दुई  जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। न्युयोर्क राज्यमा बसोबास गर्दै आएका दुई जना नेपालीमा काेराेना पुष्टि भएकाे हाे ।  कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उनीहरूको उपचार भइरहेको छ। ५० वर्षीय व्यक्तिको अवस्था गम्भीर रहेको जानकारी दिइएकाे छ । उनलाई उच्च ज्वरो आएपछि अस्पताल पुर्&#x200d;याइएको थियो। उनी मधुमेहका रोगी थिए। परिवारका सबै सदस्यको परीक्षण [&hellip;]</p>

काठमाडाैं । अमेरिकामा दुई  जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। न्युयोर्क राज्यमा बसोबास गर्दै आएका दुई जना नेपालीमा काेराेना पुष्टि भएकाे हाे ।  कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उनीहरूको उपचार भइरहेको छ। ५० वर्षीय व्यक्तिको अवस्था गम्भीर रहेको जानकारी दिइएकाे छ ।
उनलाई उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। उनी मधुमेहका रोगी थिए। परिवारका सबै सदस्यको परीक्षण गरिएको र त्यसको रिपोर्ट मंगलबारसम्म रिर्पोट आउने जनाइएको छ। उनीहरू घरमै बसिरहेका छन्।
यस्तै, संक्रमित ४७ वर्षीय व्यक्तिले न्युयोर्कमा ट्याक्सी चलाउँदै आएका थिए। पारिवारिक स्रोतका अनुसार उनलाई सुरुमा उच्च ज्वरो आएपछि अस्पताल लगिएको थियो। चार दिनमा फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिजनको मात्रा कम भएको र निमोनिया देखिएको जनाइएको छ।

Share News