काठमाडौं । कोरोनाको कारण देशभर लकडाउन भईरहेको बेला ट्रमा सेन्टरले ओपिडी सेवाको लागि हटलाईन सन्चालनमा ल्याएको छ ।
लकडाउनको समयमा घरमै बसेर ओपीडी सेवा प्रदान गर्नको लागि अस्पताल हटलाईन सन्चालनमा ल्याएको हो ।
कोभिड १९ को सम्भावित जोखिमलाई मध्यनजर गदै अस्पतालले यस्तो सेवा ल्याएको विज्ञप्ती मार्फत जानकारी दिएको छ । घरबाटै ओपीडी सेवा लिनका लागि ०१—४२२५२७५ नम्बरको हटलाइन सुरु गरेको हो ।
अस्पताल समयमा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उक्त सेवा घरबाटै लिन सकिने बताएकाे छ ।