काठमाडौं । कोरोना भाइरसको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्नुपर्ने अत्यावश्यक सामाग्री सुरक्षा उपकरण बनाउने जिम्मा राष्ट्रिय आविस्कार केन्द्रले पाएको छ ।
काेराेना भाइरसको जाँच र उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्नुपर्ने पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट अर्थात पीपीई बनाउने जिम्मा राष्ट्रिय आविस्कार केन्द्रले पाएको हो ।
टिचिङ अस्पताल र विपि कोईराला ईन्स्टिच्युट अफ हेल्थ धरानबाट राष्ट्रिय आविस्कार केन्द्रकाे उपकरण बनाउने जिम्मा पाएको महाविर पुनले फेसबुक स्टाटसमार्फत बताएका हुन् ।