काठमाडौं । लक डाउनको समयमा गर्भवतीहरुलाई मिडवाईफ सोसाईटी अफ नेपालले फोनमार्फत सेवा दिने घोषणा गरेको छ ।
सरकारले कोरोनाको त्रासलाई मध्यनजर गर्दै गरेको लकडाउनमा गर्भवती महिलालाई केही समस्या आइपरेको खण्डमा मिडवाईफ सोसाईटी अफ नेपालले फोनमार्फत सेवा दिने घोषण गरेका हो ।
कुनै पनि गर्भवती महिलाले परामर्श लिनको लागि रुकुमणी त्रिपाठीको नम्बर ९८४९२६३३५०, सबिता खड्काको नम्बर ९८४३२६६११५ र प्रशंसा बुढा लामाको नम्बर ९८२३०९८०३८ मा सम्पर्क गर्न सक्नेछन् ।