काठमाडौं । आजदेखि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजदेखि धरान स्थित विपि कोईराला विज्ञान प्रतिष्ठानमा कोरोना जाँच सुरु भएको बताएका हुन् । उनले काेराेना परीक्षणका लागि किटजन्य सामाग्री पठाइसकेकाे बताए ।
हालसम्म काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण भइरहेको थियाे ।