काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा पाँच मिनेटमै दिन सक्ने प्रविधि तयार भएकाे छ । अमेरिकाकाे एबोट कम्पनीले याे मेसिन तयार गरेकाे हाे ।
यो मेसिनले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिनसक्ने बताइएकाे छ । अहिले समग्र विश्वले कोरोना भाइरसको महामारीको सामना गरिरहेको अवस्थामा विकास गरिएको यो प्रविधि आगामी दिनमा भाइरस नियन्त्रणको लागि समेत निकै महत्वपूर्ण सावित हुने अपेक्षा छ ।
आगामी साताबाट दैनिक ५० हजारको दरले यो मेसिन निर्माण सुरु हुन सक्ने बताइएको छ । अहिले अमेरिकामा यो यसलाई भाइरस परीक्षणको अनुमति दिइए पनि यसको नतिजा कति प्रतिशत सही छ भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । एजेन्सी