नेपालमा पनि कोरोना एप सुरु, कसरी प्रयोग गर्ने ?

<p>काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा न्युनिकरण गर्न एप बनाएको छ । उक्त एपले ‘क्राउड सोर्सिङ्ग’ अवधारणा बमोजिम सर्वसाधारणबाट सूचना प्राप्त गरि आकस्मिक सेवा प्रवाह गर्न सहयोग गर्ने बताइएको छ । नेपाली सेनाले ‘कोभिड–१९ रेस्पोन्स एप–नेपाल’ नाम दिएको उक्त एपमा परिवार, छरछिमेक तथा साथीभाइमा कोभिड–१९ को लक्षण देखिएमा उक्त विवरण पठाउन [&hellip;]</p>

काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा न्युनिकरण गर्न एप बनाएको छ ।
उक्त एपले ‘क्राउड सोर्सिङ्ग’ अवधारणा बमोजिम सर्वसाधारणबाट सूचना प्राप्त गरि आकस्मिक सेवा प्रवाह गर्न सहयोग गर्ने बताइएको छ ।

नेपाली सेनाले ‘कोभिड–१९ रेस्पोन्स एप–नेपाल’ नाम दिएको उक्त एपमा परिवार, छरछिमेक तथा साथीभाइमा कोभिड–१९ को लक्षण देखिएमा उक्त विवरण पठाउन सकिने व्यवस्था गरिएको छ । एपमार्फत् नै सूचना एवम् जानकारी सम्प्रेषण गरिनेछ ।

एपमार्फत् प्राप्त हुने तथ्याङ्कलाई नेपाली सेनाले आवश्यक व्यवस्थापन एवम् विश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने जनाएको छ ।

कसरी प्रयाेग गर्ने एप ?

एपलाई तत्काल नेपाली सेनाको वेभसाइट ‘नेपालआर्मी डट मिल डट एनपी’ बाट डाउनलोड गर्न सकिने छ । अब लगत्तै गुगल प्ले स्टोरमा समेत व्यवस्था गरिने नेपाली सेनाले विज्ञप्ती जारी गरी उल्लेख गरेको छ । प्रयोगकत्र्ताले सुरुमा आफ्नो व्यक्तिगत् विवरण समावेश र्गेपछि एप सञ्चालनमा आउनेछ ।

हाललाई उक्त एप एन्डरोयड मोबाइलमा मात्रै प्रयोग गर्ने गरी डिजाइन गरिएकोमा केही दिनभित्रै एप्पल फोनका लागि तयार गरिने नेपाली सेनाले जनाएको छ ।

Share News