कोरोना उपचारः डब्लुएचओले शुरु गर्यो मानवीय परीक्षण, यी हुन् प्रयाेग भएका चार औषधि

<p>काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड १९)को उपचारका लागि औषधिको मानवीय परीक्षण गरेको छ । संगठनले आधिकारिक रुपमा पहिलो पटक कोरोनाको औषधि परीक्षण गरेको जनाएको हो । संगठनले कोरोनाको औषधि पहिलो पटम स्पेन र नर्वेमा सुरु गरेको बताइएको छ । कोरोनाको औषधि पत्ता लाग्ने वा नलाग्ने यो परीषणले पनि बताउने छ । यदि [&hellip;]</p>

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड १९)को उपचारका लागि औषधिको मानवीय परीक्षण गरेको छ । संगठनले आधिकारिक रुपमा पहिलो पटक कोरोनाको औषधि परीक्षण गरेको जनाएको हो । संगठनले कोरोनाको औषधि पहिलो पटम स्पेन र नर्वेमा सुरु गरेको बताइएको छ ।

कोरोनाको औषधि पत्ता लाग्ने वा नलाग्ने यो परीषणले पनि बताउने छ । यदि यो परीक्षण सफल भयो भने विश्व यो मकहामारीबाट सफलता पाउने छ । त्यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी औषधिहरु आधिकारीकरुपमा सिफारिस हुनु अघि नै यी औषधिहरुले कोरोना भाइरस मर्छ भन्दै पटक पटक सार्वजनिक मञ्चमा भन्दै आएका थिए । उनका ती भनाईहरुको सर्वत्र आलोचना भइरहेका बेला डब्लूएचओले यी औषधिमाथि परिक्षण शुरु गरेको हो ।

विज्ञहरुले यस सम्बन्धि थप परिक्षणहरु आवश्य रहेको भन्दै अहिले नै हतारिएर यी औषधि प्रयोग नगर्न सुझाव दिइरहेको थिए । विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले कोरोना भाइरस विरुद्ध कुनै औषधि प्रमाणित नभईसकेको हुनाले जथाभावीरुपमा गरिदै आएका प्रयोगहरुलाई रोक्न अनुरोध गरिरहेका छन् ।

कुन कुन औषधि प्रयोग गरिए ?

विश्व स्वास्थ्य संगठनले मलेरियाको उपचारमा प्रयोग गरिने औषधि लगायत ४ वटा औषधिहरुको परिक्षण प्रयोग गरेको हो । ती औषधिहरुमा मलेरियामा प्रयोग गरिने क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन, रम्दिसिभिर नामक एन्टिभाइरल समिश्रण एचआइभी एड्सको औषधिकोरुपमा प्रयोग गरिने लोपिनाभिर र रिटोनाभिरहरुलाई परिक्षणको रुपमा प्रयोग गरिएको हो ।

क्लोरोक्वाइन र यसको डेरिभेटिभ औषधि हाइड्रोक्सिक्लोरोक्वाइन दशकौँदेखि प्रयोगमा रहँदै आएका औषधि हुन् । कोरोना भाइरसमा यिनीहरुको प्रभावकारिताबारे फ्रान्समा गरिएको एउटा अध्ययनमा केहि सकारात्मक लक्षण देखिएपछि विश्व स्वास्थ्य संगठन थप परिक्षणका लागि उत्साहित बनेको हो ।

भारत, चीन र अमेरिकामा रम्दिसिभिरको प्रयोग गरिएको र त्यसले केहि आशातित नतिजाहरु दिएको भन्ने समाचारहरु पनि सार्वजनिक भइरहेका छन् । डब्लूएचओका नयाँ रोग हेर्ने विभागका प्रमुख डाक्टर मारिया भाङ केकोहोभले अहिलेसम्म कुनै पनि औषधिको पुनः परिक्षण नसकिएको र सबै औषधिहरु क्लिनिकल ट्रायल जारी रहेको बताइएको छ ।

Share News