सातदिन अगाडि नेपालबाट भारत गएका युवामा कोरोना देखियो

<p>काठमाडौं । नेपालबाट केही दिन अगाडि मात्र भारत गएका युवामा कोरोना संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको हरियाणा राज्यको अम्बाला शहरका एक २१ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी अघिल्लो सातामात्र नेपालबाट भारत गएका थिए । उनलाई नेपालमै भाइरसको संक्रमण भयो वा भारत आएपछि भयो भन्ने चाँही खुलेको छैन । [&hellip;]</p>

काठमाडौं । नेपालबाट केही दिन अगाडि मात्र भारत गएका युवामा कोरोना संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको हरियाणा राज्यको अम्बाला शहरका एक २१ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी अघिल्लो सातामात्र नेपालबाट भारत गएका थिए ।

उनलाई नेपालमै भाइरसको संक्रमण भयो वा भारत आएपछि भयो भन्ने चाँही खुलेको छैन । संक्रमित युवालाई हाल अम्बालाकै सिभिल अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका चिफ मेडिकल अफिसर डा. कुलदिपले शनिबार साँझ आएको प्रयोगशाला रिपोर्टमा ती युवामा कोरोना पुष्टि भएको बताएका छन् ।

‘उनी १९ मार्चमा नेपालबाट इण्डिगो एयरलाइन्सको विमान चढेर भारत आएका रहेछन् । परीक्षण गर्दा कोरोना पुष्टि भएको छ । अहिले उनको अवस्था भने सामान्य छ,’ डा. कुलदिपले भने । उनलाई कोरोना पुष्टि भएपछि नेपालबाट सँगै आएका अर्का युवाको पनि स्वास्थ्य परीक्षण गरिएको छ । तर, उनको रिपोर्ट आइसकेको छैन ।

Share News