काठमाडौं । विश्व स्वास्थ्य संगठनले चुरोट खानेलाई कोरोना भाइरसको जोखिम उच्च रहेको बताएको छ । ध्रुमपान वा सूर्तिजन्य पर्दाथको सेवनबाट कोरोना भाइरस कोभिड–१९ अर्थातको संक्रमण बढ्ने संगठनको भनाइ छ ।
चुरोट वा खैनी बाँडेर खाँदा पनि एक मानिसबाट अर्को मानिसमा संक्रमण फैलने जोखिम रहने कारणले यसबाट सजग रहन आग्रह गरेको छ । धुम्रपानले स्वासप्रश्वास प्रणाली कमजोर पनि बनाउँछ ।
चीनमा कोरोना भाइरसको मृत्युदर नियाल्दा महिलाको तुलनामा पुरुषले धेरै ज्यान गुमाएको देखियो, यस्तो हुनु पछाडिको कारण धुम्रपान सेवन पनि हुनसक्ने विज्ञहरु बताउँछन् । चीनमा महिलाको तुलनामा पुरुषले धेरै धुम्रपान गर्ने गर्छन् । फोक्सोको समस्या पनि धुम्रपान गर्नेमा धेरै देखिन्छ ।