कोरोनाकाे आशंकामा क्वारेन्टाइनमा राखिएका बुटवलका एक जनाकाे मृत्यु

<p>काठमाडाैं । रुपन्देहीको बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा कोरोनाकाे आशंकामा क्वारेन्टाइनमा बसेका एक जनाकाे मृत्यु  भएकाे छ । अस्पताल स्राेतका अुसार उनकाे आज मृत्यु भएकाे हाे । कोरोना विशेष अस्पताल स्रोतका अनुसार उनी सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक पुरूष हुन् ।  उनी चैत १३ गते कोरोना विशेष अस्पताल बुटवल भर्ना भएका थिए । उनको स्वाब [&hellip;]</p>

काठमाडाैं । रुपन्देहीको बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा कोरोनाकाे आशंकामा क्वारेन्टाइनमा बसेका एक जनाकाे मृत्यु  भएकाे छ । अस्पताल स्राेतका अुसार उनकाे आज मृत्यु भएकाे हाे ।

कोरोना विशेष अस्पताल स्रोतका अनुसार उनी सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक पुरूष हुन् ।  उनी चैत १३ गते कोरोना विशेष अस्पताल बुटवल भर्ना भएका थिए ।

उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। उनी चैत ८ गते वैदेशिक रोजगार दुबईबाट नेपाल आएका बुझिएकाे छ।

Share News