कोरोना संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य- स्वास्थ्य मन्त्रालय

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरस संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकाे छ । काेराेना भाइरस  (कोभिड १९) सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  कोरोना भाईरस संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । ‘सबैकाे स्वास्थ्य सामान्य छ, हामीले स्वास्थ्य सामाग्रीकाे व्यवस्था पनि गिररहेका छाैं, त्यस्तो कूनै [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरस संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकाे छ ।

काेराेना भाइरस  (कोभिड १९) सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  कोरोना भाईरस संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् ।

‘सबैकाे स्वास्थ्य सामान्य छ, हामीले स्वास्थ्य सामाग्रीकाे व्यवस्था पनि गिररहेका छाैं, त्यस्तो कूनै आतिनु पर्ने अवस्था छैन,’ उनले भने ।

हालसम्म ९ सय १७ जनाको काेराेना परिक्षण भएको छ जसमा ९ सय १२ जना नेगेटिभ देखिएको छ भने ५ जनामा पोजेटिभ देखिएको छ । यसमा एक जना भने निको भएर घर फर्किसकेका छन् ।

Share News