आवश्यक चिकित्सा सामाग्री नेपाल आइपुग्यो, देशैभर वितरण गरिने

<p>काठमाडौं । ज्याक मा फाउण्डेशन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक चिकित्सा सामाग्रीको पहिलो टीप आज त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा काठमाडौंमा आइपुगेको छ । नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालयले उक्त अनुदानको रीसीट लिएको छ र देशभर वितरण गर्नेछ । यो वितरण ज्याक मा फाउन्डेसन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक मेडिकल सामाग्रीको एक हिस्सा हो । [&hellip;]</p>

काठमाडौं । ज्याक मा फाउण्डेशन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक चिकित्सा सामाग्रीको पहिलो टीप आज त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा काठमाडौंमा आइपुगेको छ । नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालयले उक्त अनुदानको रीसीट लिएको छ र देशभर वितरण गर्नेछ ।

यो वितरण ज्याक मा फाउन्डेसन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक मेडिकल सामाग्रीको एक हिस्सा हो । अनुदानमा २३ एसियाली देशहरुको लागी कुल ७४ लाख मास्कहरु, १ लाख सुरक्षात्मक कपडाहरुका साथै अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामाग्रीहरु छन् ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले दुई संस्थाहरूलाई प्रतिनिधित्व गर्दै समारोहमा भा लिए जसमा स्वास्थ्य र जनसंख्या मन्त्रालयलाई उक्त अनुदान प्रदान गरिएको थियो । यस पहलको समर्थन गर्न चीनकी राजदूत हौ यान्की तथा स्वास्थ्य र जनसंख्या मन्त्री भानुभक्त ढकालको पनि उपस्थित थियो ।

‘हामी आशा गर्दछौं कि यो अनुदानले नेपाललाई कोविड १९ को फैलावट नियन्त्रण गर्न मद्दत र्पुयाउँछ। हामी विश्व समुदायलाई सहयोग र्पुयाउन सक्दो प्रयास गरिरहेका छौं। आवश्यक परको ठाँउहरुमा चिकित्सा सामाग्री र्पुयाउन सजिलो छैन, तर हामी कडा परिश्रम गरिरहेका छौं।’- ज्याकमा फाउन्डेसन

यी दानहरू अलिबाबा फाउण्डेशन र ज्याक मा फाउन्डेशनले कोविड-१९ बाट प्रभावित एसिया, उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप र अफ्रिकाका देशहरूमा गरेको विभिन्न प्रकारका चिकित्सा सामाग्री सहयोग मध्ये एक हुन्।  साथै, अधिक पहल र दानहरू आउँदो दिन र हप्ताहरूमा घोषणा हुन सक्नेछन्।

Share News