स्वास्थ्य सामग्री लिएर धनगढी गएकाे विमान बीचमै किन काठमाडाैं फर्कियाे ?

<p>काठमाडौं । स्वास्थ्य सामग्री लिएर काठमाडाैंबाट धनगढी गएकाे जहाज बिचबाटै पुनः काठमाडाैं फर्केकाे छ । कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासमा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री तथा अरु सुरक्षात्मक सामग्रीसहित प्रदेश १ र धनगढीका लागि गएको सेनाको स्काई ट्रक बिचबाटै फर्किएको हाे । सरकारले आइतबार चीनबाट ल्याएको सामान प्रदेश १ र धनगढी लागि लिएर गएको [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य सामग्री लिएर काठमाडाैंबाट धनगढी गएकाे जहाज बिचबाटै पुनः काठमाडाैं फर्केकाे छ । कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासमा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री तथा अरु सुरक्षात्मक सामग्रीसहित प्रदेश १ र धनगढीका लागि गएको सेनाको स्काई ट्रक बिचबाटै फर्किएको हाे ।

सरकारले आइतबार चीनबाट ल्याएको सामान प्रदेश १ र धनगढी लागि लिएर गएको सेनाको विमान त्यहाँ रहेको सामानको केमिकलमा शंका लागेपछि बिचबाटै फर्किएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

पिपिई, मास्क, सेनिटाइजरसहितका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान त्यस तर्फ गएको थियो।

Share News