रामेछापमा बोलेरो जिप दुर्घटना, २ को मृत्यु, ३० जना घाइते

<p>काठमाडौं । रामेछापको खाडाँदेवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु र ३० जना घाइते भएका छन् । बा १४ च ९४९८ पिकअप बोलेरो जिप भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गर्दा दुर्घटना भएको छ । जिप सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो । घाइते भएकामध्ये दोरम्बा गाउँपालिका [&hellip;]</p>

काठमाडौं । रामेछापको खाडाँदेवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु र ३० जना घाइते भएका छन् ।

बा १४ च ९४९८ पिकअप बोलेरो जिप भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गर्दा दुर्घटना भएको छ । जिप सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइते भएकामध्ये दोरम्बा गाउँपालिका ३ का ४० वर्षीय गोपीलाल पहारी र सोही गाउँपालिका २ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।

Share News