पाटन र वीर अस्पतालमा मृत्यु भएका एक पुरुष र महिलाकाे कोरोना रिपोर्ट नेगेटिभ

<p>काठमाडौं । पाटन र वीर अस्पतालमा हिजो मृत्यु भएका एक पुरुष र महिलाकाे कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । आईतबार पाटनमा एक पुरुष र वीरमा एक पुरुष र महिलाको मृत्यु भएको थियो । वीरको पुरुषको भने नतिजा आउन बाँकी रहेको अस्पताल श्रोतले जनाएको छ । उनीहरुलाई कोरोना लागेको शंकाको आधारमा उनीहरुको नमुना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य [&hellip;]</p>

काठमाडौं । पाटन र वीर अस्पतालमा हिजो मृत्यु भएका एक पुरुष र महिलाकाे कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ ।

आईतबार पाटनमा एक पुरुष र वीरमा एक पुरुष र महिलाको मृत्यु भएको थियो । वीरको पुरुषको भने नतिजा आउन बाँकी रहेको अस्पताल श्रोतले जनाएको छ ।

उनीहरुलाई कोरोना लागेको शंकाको आधारमा उनीहरुको नमुना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको थियो ।

पाटन अस्पतालका निर्देशक प्राडा विष्णु शर्माले पाटनमा मृत्यु भएको पुरुषको नतिजा नेगेटिभ आएको बताए । उनको मृत्यु मल्टी अर्गान फेलरको कारणले भएको उनले जानकारी दिए ।

Share News