काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का विज्ञ डाक्टरहरुले उच्च रक्तचाप भएका मानिसलाई मृत्युको बढी जाखिम हुने बताएका छन् । चीनको वुहानमा कोरोनाको उपचारमा संलग्न डाक्टरहरुले कोरोना संक्रमित उच्च रक्तचाप हुने मानिसलाई मृत्युुकोजोखिम बढी हुने चीनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
उनले उच्च रक्तचाप भएकाहरु बढी सोच्ने र तनाव लिने भएकोले पनि मृत्युको जोखिम बढ्ने बताएका छन् । चीनको वुहान प्रान्त स्थित युनियन मेडिकल कलेज अस्पतालका निर्देशक डु बिनले सो कूरा बताएका हुन् ।
उनले कोरोनाको जोखिम बढी वृद्धवृद्धा र उच्च रक्तचाप भएकाहरुलाई हुने भएकोले उनीहरुलाई बढी हेरचाह गर्ने गरेका बताएका छन् ।
।