काठमाडाैं । चीनले काेराेना भाइरस (काेभिड-१९) सम्बन्धि एउटा नयाँ अध्ययन गरेकाे छ । याे अध्ययनका अनुसार ५० वर्षभन्दामाथि भएकाहरूलाई कोरोना बढी जोखिम हुने निश्कर्ष निकालेकाे हाे । सो अध्ययनले संक्रमितहरुमा मृत्युदर १.३८ प्रतिशत रहेको देखाएको छ।
यसअघि नै उमेर बढ्दै जाँदा कोरोना संक्रमितको मृत्यु दर पनि बढ्ने देखिएको थियो। तर, त्यसको व्यवस्थित विश्लेषण भएको थिएन। यो अध्ययनले १० वर्षमुनिका बालबालिकामा मृत्युदर ०.००१६ प्रतिशत मात्र रहने देखिएको छ भने ८० वर्षमाथि मृत्युदर ७.८ प्रतिशत पुग्ने देखिएको छ।
अध्ययनअनुसार १० देखि १९ वर्षबीचका संक्रमितमध्ये ०.०४ लाई मात्र अस्पताल भर्नाको आवश्यकता पर्छ। ४० देखि ५० वर्षबीचका संक्रमितमध्ये ४ प्रतिशतलाई अस्पताल भर्नापर्ने आवश्यकता देखियो। तर, ५० नाघ्नेबित्तिकै यो संख्यामा नाटकीय वृद्धि देखिएको छ।
५० देखि ६० वर्षबीचका संक्रमितमध्ये ८ प्रतिशतलाई अस्पतालको उपचार आवश्यक पर्छ। यो अध्ययन चीनमा संक्रमण पुष्टि भएका ७० हजार १ सय १७ तथा वुहानबाट फिर्ता लगिएका ६ सय ८९ जना संक्रमितको तथ्यांक विश्लेषणमा आधारित छ। एजेन्सी
याे अध्ययन हेर्न यहाँ थिच्नुहाेस् ः