काेराेना राेकथाम गर्न केन्द्र र प्रदेश सरकारलाई नेपाल बैंककाे १ कराेड ३५ लाख सहयाेग

<p>काठमाडाैं । नेपाल बैंक लिमिटेडले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारहरूलाई ३५ लाख रुपैयाँ सहयाेग गर्ने भएको छ । बैंकले प्रत्येक प्रदेशलाई ५/५ लाखका दरले ३५ लाख रूपैयाँ सहयोग गर्ने जनाएकाे छ । बैंकले प्रत्येक प्रदेशसँग हातेमालो गर्न र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  सो रकम सहयोग गर्ने निर्णय गरेको बताइएको छ । अहिले विश्वभर [&hellip;]</p>

काठमाडाैं । नेपाल बैंक लिमिटेडले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारहरूलाई ३५ लाख रुपैयाँ सहयाेग गर्ने भएको छ । बैंकले प्रत्येक प्रदेशलाई ५/५ लाखका दरले ३५ लाख रूपैयाँ सहयोग गर्ने जनाएकाे छ ।

बैंकले प्रत्येक प्रदेशसँग हातेमालो गर्न र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  सो रकम सहयोग गर्ने निर्णय गरेको बताइएको छ । अहिले विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे संक्रमण बढिरहेकाे समयमा विभिन्न संस्थाहरूले सरकारलाई सहयाेग गरिरहेका छन् ।

यसअघि बैंकले संघीय सरकारले स्थापना गरेकाे काेराेना संक्रमण नियन्त्रण, राेकथाम तथा उपचार काेषमा १ कराेड रूपैयाँ सहयाेग गरेकाे थियाे । बैंकले संघीय सरकार र प्रदेश सरकार सबैलाई गरी १ कराेड ३५ लाख रूपैयाँ सहयाेग गरेकाे हाे ।

Share News