एक घण्टामै कोरोनाको नतिजा आउने किट प्रयोग नगरौं: स्वास्थ्यविज्ञ डा. खेम कार्की

<p>काठमाडौं । एक घण्टामै नतिजा आउने भनिएको कोरोनाको र्&#x200d;यापिड टेष्ट किटको प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले उक्त किटहरु विश्व स्वास्थ्य संगठनको अनसुार विश्वासनिय नभएकोले त्यसको प्रयोग नगर्न आग्रह गरेका छन् । उनले भने, &#8216;त्यो कीटको परीक्षणबाट रिजल्ट र त्यसबाट उत्पन्न हुने भम्र [&hellip;]</p>

काठमाडौं । एक घण्टामै नतिजा आउने भनिएको कोरोनाको र्‍यापिड टेष्ट किटको प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले उक्त किटहरु विश्व स्वास्थ्य संगठनको अनसुार विश्वासनिय नभएकोले त्यसको प्रयोग नगर्न आग्रह गरेका छन् ।

उनले भने, ‘त्यो कीटको परीक्षणबाट रिजल्ट र त्यसबाट उत्पन्न हुने भम्र र क्षतिले थप समस्या ल्याउने भएकाले  विश्व स्वास्थ्य संगठन र मन्त्रालयले अनुमति नदिएको कीट प्रयोग नगर्नु होला।’

अन्य देशमा यस्तो किट प्रयोग हँदा विभिन्न प्रश्नहरु उठेको थियो ।

Share News