कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई होटलमा राखिने

<p>काठमाडौं । कोरोना संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले होटलमा राख्ने व्यवस्था मिलाउने भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले कोरोना संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले होटलमा राख्ने व्यवस्था मिलाउने भएका जानकारी दिएका हुन् । उनले भने, ‘नेपालभित्रै अहिले संक्रमण फैलिसकेको छैन। बाहिरबाट आएको व्यक्तिमा मात्र संक्रमण देखिएको [&hellip;]</p>

काठमाडौं । कोरोना संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले होटलमा राख्ने व्यवस्था मिलाउने भएको छ ।

कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले कोरोना संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले होटलमा राख्ने व्यवस्था मिलाउने भएका जानकारी दिएका हुन् ।

उनले भने, ‘नेपालभित्रै अहिले संक्रमण फैलिसकेको छैन। बाहिरबाट आएको व्यक्तिमा मात्र संक्रमण देखिएको हो। तर नेपालमै फैलिए उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई हामीले सुबिधा सम्पन्न होटलमा राख्ने तयारी गर्दैछौं।’

Share News