
काठमाडौं । स्वास्थ्यकर्मीलाई घरबेटीले कोठामा बस्न नदिए सामान्य प्रशासन कार्यलयमा उजुरी दिन पाइने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार खेम कार्कीले यदि घरबेटीले कोठामा बस्न नदिए सामान्य प्रशासन कार्यलयमा उजुरी दिन पाइने बताएका हुन् ।
उनले भने, ‘सुरुमा राम्रोसँग सम्झाउनु, बुझाउनुपर्छ। सम्झाउँदा अनि बुझाउँदा पनि भएन भने स्थानीय प्रशासनमा उजुरी दिनुपर्छ।’
काेराेनाकाे त्रासले सिन्धुलीमा घरबेटीले बस्न नदिएपछि २२ जना स्वास्थ्यकर्मी सिन्धुली अस्पतालमै बस्न बाध्य भएको खबर बाहिर आएकाे थियाे । एक घरबेटीलाई भने पुलिसले पक्डिसकेकाे छ ।