पाँच जिल्लाका चेम्बर अफ कमर्सले वितरण गरे नगद सहित विभिन्न सामान

<p>काठमाडौं । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण गरेका छन् । साथै, कोरोना रोकथामको लागि माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको जानकारी गराएको छ । सुन्दर बजार चेम्बर अफ कमर्स लमजुङले २ हजार थान सर्जिकल मास्क बितरण गरेको छ । सुन्दर बजार चेम्बर अफ कमर्स [&hellip;]</p>

काठमाडौं । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण गरेका छन् । साथै, कोरोना रोकथामको लागि माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको जानकारी गराएको छ ।

सुन्दर बजार चेम्बर अफ कमर्स लमजुङले २ हजार थान सर्जिकल मास्क बितरण गरेको छ । सुन्दर बजार चेम्बर अफ कमर्स सुन्दर बजारले सुन्दर बजार नगरपालिका, नेपाल पत्रकार महासंघ लमजुङ सुन्दर बजार अस्पताल, नमुना सामुदायिक अस्पताल, ईलाका प्रहरी कार्यालय भोटेवडार, ईलाका प्रहरी कार्यलय सुन्दर बजार, भोटेवडार शहरी स्वस्थ्य क्लिनिक, सर्बोदय सेवा आश्रम, मानव सेवा आश्रम बेशिसहर, १२ वटा निजि क्लिनिकहरुलाई निशुल्क सर्जिकल मास्क वितरण गरेको छ ।

त्यस्तै, बाँके चेम्वर अफ कमर्सबाट उपभोग्य सामाग्री सहज तवरले उपलब्ध गराउन सुपथ पसल संचालन गरेको छ ।
घोराही चेम्वर अफ कमर्सले मास्क वितरण गर्ने कार्यक्रम तय गरेको छ भने दोलखा चेम्वर अफ कमर्सद्धारा मास्क वितरण कार्य गरेको छ ।

त्यसैगरी, अर्घाखाँची चेम्बर अफ कमर्सले अत्यावश्यकीय क्षेत्रमा प्रयोग गर्नेगरि जिल्ला प्रशासन कार्यालय मार्फत ३ हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेको छ ।

Share News