काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केही दिनमै कोरोना संक्रमितको संख्या बढेर १० लाख पुग्ने बताएकाे छ । साथै मृत्यु हुनेकाे संख्या ५० हजार पुग्ने संगठनले जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दश लाख पुग्ने बताएका हुन्। डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै अनुहार ढाक्ने मास्कहरूको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्न लागेको पनि जनाएको छ।
जोन्स हप्किन्स विश्वविद्यलायको तथ्याङ्क अनुसार पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमणको संख्या ९ लाख ३७ हजार १७० रहेको छ भने ४७ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन्। पछिल्लो समय युरोपेली मुलुकमा कोरोना संक्रमण उच्च रुपमा फैलिँदै गएको छ ।
‘’