जनकपुरमा कोरोना जाँच्ने मेसिन जडान

<p>काठमाडौं । जनकपुरमा कोरोना जाँच्ने पिसिआर मेसिन आज जडान भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनकपुरमा कोरोना जाँच्ने पिसिआर मेसिन आज जडान भएको बताएका हुन् । बुटवल सुर्खेत, धनगढीमा भने पिसिआर मेसिन जडानको क्रममा रहेको देवकोटाले बताए । हाल काठमाडाै‌काे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा, धरानकाे वी.पी काेईराला स्वास्थ्य विज्ञान [&hellip;]</p>

काठमाडौं । जनकपुरमा कोरोना जाँच्ने पिसिआर मेसिन आज जडान भएको छ ।

कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनकपुरमा कोरोना जाँच्ने पिसिआर मेसिन आज जडान भएको बताएका हुन् । बुटवल सुर्खेत, धनगढीमा भने पिसिआर मेसिन जडानको क्रममा रहेको देवकोटाले बताए ।

हाल काठमाडाै‌काे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा, धरानकाे वी.पी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाेखराकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान काेराेना परीक्षण भइरहेकाे छ ।

नेपालमा हालसम्म ११ सय ८४ जनामा कोभिड-१९ को परीक्षण गरिएको छ। त्यसमध्ये ११ सय ७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

नेपाल हाल कोरोना संक्रमणको पहिलो चरणमा छ ।

Share News