नेपालमा फेरि एक जनामा देखियाे काेराेना, पुगे छ जना संक्रमित

<p>काठमाडौं । नेपालमा पुन: एक जनामा काेराेना भाइरस (काेभिड- १९)काे संक्रमण देखिएकाे छ । काेभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको छैटौं संक्रमण नेपालमा देखिएको बताएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएका परीक्षणमा छैटौं व्यक्तिको नमुना पोजेटिभ देखिएको हो । याे सहित नेपालमा हालसम्म छ जना काेराेना संक्रमित [&hellip;]</p>

काठमाडौं । नेपालमा पुन: एक जनामा काेराेना भाइरस (काेभिड- १९)काे संक्रमण देखिएकाे छ ।

काेभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको छैटौं संक्रमण नेपालमा देखिएको बताएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएका परीक्षणमा छैटौं व्यक्तिको नमुना पोजेटिभ देखिएको हो ।

याे सहित नेपालमा हालसम्म छ जना काेराेना संक्रमित देखिएका छन् । त्यसमा एकजना पुर्ण रुपमा निकाे भएर घर फर्किसकेका छन् ।  आज देखिएका संक्रमित चैत ४ गते  दाेहाबाट नेपाल आएकी थिईन् । उनी क्यु आर ६५२ फ्लाइटमा नेपाल आएकी हुन् । उनी यस अघिका अन्य दुई काेराेना संक्रमितहरूसँगै आएका प्रवक्ता देवकाेटाले बताए ।

नेपालमा हालसम्म ११ सय ८४ जनामा कोभिड-१९ को परीक्षण गरिएको छ। त्यसमध्ये ११ सय ७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

Share News