सीमामा रहेका नेपालीले तत्काल नेपाल आउन नपाउने

<p>काठमाडौं । भारतीय सीमामा रहेका नेपालीले तत्काल नेपाल आउन नपाउने भएका छन् ।काेराेना भाइरस (काेभिड १९)  सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले साे निर्णय गरेकाे हाे । अब  उनीहरूले १४ दिन भारतमै क्वारेन्टाइनमा बसिसकेपछि मात्र नेपाल आउनु पर्ने भएकाे छ । नेपाल आउनका लागि भारतकाे धार्चुला, रुपैडिहा गाैरिफन्टालगायतका नाकामा अलपत्र रहेका नेपालीलाई सरकारले १४ दिन भारतमा नै क्वारेन्टाइनमा बसिसकेपछि [&hellip;]</p>

काठमाडौं । भारतीय सीमामा रहेका नेपालीले तत्काल नेपाल आउन नपाउने भएका छन् ।काेराेना भाइरस (काेभिड १९)  सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले साे निर्णय गरेकाे हाे ।

अब  उनीहरूले १४ दिन भारतमै क्वारेन्टाइनमा बसिसकेपछि मात्र नेपाल आउनु पर्ने भएकाे छ । नेपाल आउनका लागि भारतकाे धार्चुला, रुपैडिहा गाैरिफन्टालगायतका नाकामा अलपत्र रहेका नेपालीलाई सरकारले १४ दिन भारतमा नै क्वारेन्टाइनमा बसिसकेपछि मात्र स्वदेश भित्रिने दिने बताइएको हो ।

सरकारका प्रवक्तासमेत रहेका अर्थ र  सञ्चार तथा सूचना प्रविधि मन्त्री डा . युवराज खतिवडाले तत्काल आवत–जावत खुला नगर्ने निर्णय गरेको बताए ।

‘भारतीय सीमा क्षेत्रमा आइपुग्नु भएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र आउन अनुरोध गरेका छौं,  १४ दिन क्वारेन्टाइन्मा बसेपछि मात्र नेपाल आउन दिनेछाैं,’ उनले भने ।

Share News