काठमाडौं । कैलाली, कन्चनपुर र बाग्लुङ जिल्लामा कोरोना संक्रमणको परीक्षणको लागि र्यापिड डायग्नोस्टिक किट प्रयोग गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रीपरिष्दकाे बैठकले स्वास्थ्य मन्त्रलायलाई उक्त जिल्लाका मानिसहरुलाई र्यापिड डायग्नोस्टिक किट प्रयोग गरेर परीक्षण गर्नलाई आदेश दिएसँगै ती जिल्लामा र्यापिड डायगनस्टिम प्रयोग गरिने बताए ।
काेभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा आईतबार देवकोटाले आज नै त्यसको लागि स्वास्थ्यकर्मीहरु पठाउन लागेको जानकारी दिए । कैलाली कन्चनपुरमा क्वारेन्टाईनमा बसेका सबै मानिस र बाग्लुङ जिल्लाका संक्रमितसँग संम्पर्क आएका मानिसहरुको र्यापिड डायग्नोस्टिक किट प्रयोग गरेर परीक्षण गरिने उनले बताए ।
पहिला सबैलाई र्यापिड डायग्नोस्टिक किट प्रयोग गरेर परीक्षण गरीने र त्यसपछि पोजेटिभ आएका व्यक्तिहरुलाई पुर्ण सिपिआर प्रयोग गरेर परीक्षण गरिने उनकाे भनाइ छ ।
र्यापिड डायग्नोस्टिक किटले यकिन् नतिजा दिन नसके पनि पोजेटिभ र नेगेटिभको प्रतिशत देखाउने जसले परीक्षण गर्न कति आवश्यक रहेको देखाउने स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारी बताउँछन् ।’
हाल देशभर १ सय १३ जना व्यक्ति आईसोलेसनमा छन् । त्यसमा काठमाडौं १२ जना र उपत्यका बाहिर १ सय १ जना रहेका छन् ।