धुलिखेल, भक्तपुर र भैरहवामा कोरोना परीक्षण सुरु

<p>काठमाडौं । थप ३ स्थानमा ठाउँमा कोरोना (कोभिड-१९) परीक्षण सुरु भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार देखि थप तिन स्थानमा कोरोना परीक्षण सुरु गरेको बताएका हुन् । धुलिखेल, भक्तपुर र भैरहवामा रियल टाईम पिसिआर मेसिनबाट परीक्षण सुरु गरेको उनले बताए । यससँगै देशभर १० वटा स्थानमा कोरोना [&hellip;]</p>

काठमाडौं । थप ३ स्थानमा ठाउँमा कोरोना (कोभिड-१९) परीक्षण सुरु भएको छ ।

कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार देखि थप तिन स्थानमा कोरोना परीक्षण सुरु गरेको बताएका हुन् ।

धुलिखेल, भक्तपुर र भैरहवामा रियल टाईम पिसिआर मेसिनबाट परीक्षण सुरु गरेको उनले बताए । यससँगै देशभर १० वटा स्थानमा कोरोना परीक्षण भईरअ‍ेको छ ।

सोमबार साँझसम्म देशभर कुल १६ सय ९७ जनाको कोरोना परीक्षण गरिएको उनले जानकारी दिए । त्यसमा ९ जना बाहेक सबैकाे नमुना नतिजा नेगेटिभ रहेकाे छ ।

यस्तै काठमाडौंमा जना १२ जना आईसोलेसनमा छन् भने उपत्यका बाहिर जना ९५ जना आईसोलेसनमा रहेका छन् ।

देशभर हाल ९ हजार १ सय ६८ जना क्वारेन्टिनमा रहेका छन् ।

Share News