काठमाडौं । नेपाली काँग्रेसले काेराेना भाइरस सम्बन्धि एउटा एप सार्वजनिक गरेकाे छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोनाको ‘स्व–परिक्षण वेब एप’ सार्वजनिक गरिएको जनाएको हाे ।उक्त एपले विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे परीक्षण घरमै बसेर गर्न सकिनेछ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार विशेषज्ञ चिकित्सकहरुको परामर्शमा पार्टीको सूचना, संचार तथा प्रचार विभागले आज एक वेब एप जारी गरेको हो ।
घरमै बसेर पनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परीक्षण गर्न सकिने, कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने, नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउन यस एपले सहयोग गर्ने कांग्रेसको दाबी छ ।
वेब एपका दुई विशेषताः
(१) घरमै बसेरपनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परिक्षण जो कसैले गर्न सक्ने ।
(२) कसैमा कोरोना संकेत देखिए भौतिक परिक्षण र उपचारका लागि प्रेरित गर्ने । नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने ।
तीन उद्देश्यः
(१) नागरिक पंक्तिमा कोरोना जोखिम बारेको सचेतना थप अभिवृद्धि गराउने ।
(२) भौतिक रुपले परिक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोबैज्ञानिक रुपले ठूलो पंक्तिलाई स्व–परिक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने ।
(३) संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पु¥याउंदै ब्यक्ति, समुदाय र सरकारलाई सघाउने ।
चिकित्सकीय परामर्शः
(१) डा. अञ्जनी झा, पूर्व अध्यक्ष, नेपाल मेडिकल एसोसिएसन
(२) डा. बासुदेव पाण्डे, सरुवा रोग विशेषज्ञ
(३) डा. अनिलविक्रम कार्की, उपाध्यक्ष, नेपाल मेडिकल एसोसिएसन
(४) डा अशेष ढुंगाना, फोक्सो रोग विशेषज्ञ