कोरोना संक्रमित आठै जनाको स्वास्थ्य सामान्य: प्रवक्ता डा. विकास देवकोटा

<p>काठमाडौं । आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । हालसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ जसमा एक जना निको भएर [&hellip;]</p>

काठमाडौं । आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् ।

हालसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ जसमा एक जना निको भएर घर फर्किसकेका छन् ।

Share News