काठमाडौं । कोरोना भाइरस चेकजान गर्न स्थापना भएको हेल्प डेस्कमा तोडफोड भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर २ मा रहेको कोरोना हेल्प डेस्कमा तोडफोड भएको हो ।
गाउँपालिकाको शिखरकटेरीमा रहेको हेल्पडेक्स तोडफोड भएपछि प्रहरीले तोडफोडको आशंकामा दुईजनालाई पक्राउ गरेको छ ।