काठमाडौं । अमेरिकामा तीन हप्तामा एक करोड ६८ लाख अर्थात (१६ं.८ मिलियन) मानिसले जागिर गुमाएका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९)को कारण उनीहरुले आफ्नो जागरि गुमाएका हुन् ।
अमेरिकी सरकराले बिहीबार जारी गरेको एक तथ्याकंका अनुसार गत हप्ता मात्रै ६६ लाख मानिसहरुल जागिर गुमाएको भन्दै बरोजगारी भक्ता तथा लाभका लागि आवेदन दिएका थिए । अघिल्ला दुई हप्तामा एक करोड मानिसले सो आवेदन दिएका थिए ।
विश्वमा अर्थतन्त्रमा गिरावट आउन थालेसँगै रोजगारी गुमाउनेको संख्या पनि बढ्दै गएको छ । अझैँ पनि धेरैको रोजगारी गुम्न सक्ने अनुमान गरिएको छ । अझ अप्रिलमा मात्रै १५ प्रतिशतले रोजगार गुमाउनेको सक्ने अनुमान गरिएको छ ।अल्जजिराबाट