स्वास्थ्यकर्मीहरुको तलब काट्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छैन: प्रवक्ता डा. देवकोटा

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना कोषको लागि स्वास्थ्यकर्मी र चिकित्सकहरुको तलबबाट काट्ने निर्णय अहिलेसम्म नगरेको बताएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना कोषको लागिस्वास्थ्यकर्मी र चिकित्सकहरुको तलबबाट काट्ने निर्णय अहिलेसम्म नगरेकोबताएका हुन् । देवकोटाले ३ देखि ७ दिनको तलब अन्य क्षेत्रमा काट्ने भनिएपनि स्वास्थ्य मन्त्रालयले अहिलेसम्म यस्तो [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना कोषको लागि स्वास्थ्यकर्मी र चिकित्सकहरुको तलबबाट काट्ने निर्णय अहिलेसम्म नगरेको बताएको छ ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना कोषको लागिस्वास्थ्यकर्मी र चिकित्सकहरुको तलबबाट काट्ने निर्णय अहिलेसम्म नगरेकोबताएका हुन् ।

देवकोटाले ३ देखि ७ दिनको तलब अन्य क्षेत्रमा काट्ने भनिएपनि स्वास्थ्य मन्त्रालयले अहिलेसम्म यस्तो निर्णय नगरेको र स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलसँग काम गर्न आग्रह गरेका छन् ।

सरकारले विभिन्न तहमा कार्यरत सरकारी कर्मचारीको ३ देखि ७ दिनको तलब काट्ने निर्णय गरेको थियो ।

Share News