काठमाडौं । कोरोना भाईरस मुखबाट शरिरमा प्रवेश गर्छ भनेर हामीलाई बारम्बार भनिदैँ आएको छ । यो भन्ने बित्तिकै यसले स्वतः खानाको बारेमा प्रश उठाउँछ । के खानाले हामीलाई श्वासप्रश्वासमा समस्या ल्याउँछ त ?
संयुक्त राज्य अमेरिकाको कृषि विभागका अनुसार अहिले सम्म खानेकुराबाट कोभिड १९ सरेको कुनै पनि प्रमाण भेटिएको छैन । यस्तै, युनिभर्सिटी अफ जोरजियाको सेन्टर फर फुड सेफ्टस्का निर्देशक फे्रन्सिस्को डिएज गोन्जेल्जको अनुसार्र अन्य खानेकुराको विषादीहरु फाल्ने, फोहोर फाल्ने विधि प्रयोग गरे भाईरसको जोखिमलाई कम गर्दछ ।
तपाईले ध्यान दिनुपर्ने कुरा यस्ता छन्ः
१. हात धुनुहोस
भाईरसको जोखिमबाट बच्न खाना तयार गर्नु अगाडि र गरिसकेपछि राम्रोसँग हात धुनुहोस् । यसको मुख्य लक्ष्य शरिरमा भाईरस प्रवेश गर्न नदिनु नै हो । यो धेरै पटक भनिदैं आएको कुरा हो । तर, तपाईले फेरि पनि यो सम्झन जरुरी छ कि हात धुन कति महत्वपुर्ण छ भनेर ।
२. तरकारी, फलफूल राम्रोसँग धुनुहोस्
धेरै जना मानिसहरु तरकारी, फलफुलको सतहमा कति समय भाईरस बस्छ भन्ने कुराको बारेमा अनविज्ञ छन् । तर हालसम्म कतै पनि यसको पुष्टि भएको पाइएको छैन । तरकारी, फलफूलहरुमा विषादीहरु पनि उत्तिकै मात्रामा पाईन्छ त्यसैले जेसुकै भएपनि तपाईले तरकारी, फलफूलहरु राम्रोसँग धाेएर, पखालेर मात्र प्रयोग गर्नुपर्छ ।
मनतातो पानीमा चिनी अथवा नुन हाल्ने
कहिले पनि तरकारीलाई बजारबाट ल्याएको बित्तिकै नखानुहोस् । जहिले पनि तरकारी वा फलफुल ल्याईसकेपछि तातो पानीमा नुन अथवा चिनी हालेर २० मिनेटभन्दा बढि समय राख्नुहोस् ।
भिनेगरमा भिजाउनुहोस्
फलफूल र तरकारीको सतहमा भएको फोहोर र विषादी घटाउन अर्काे उपाय भनेको भिनेगरको प्रयोग हो । पानीको १ चौथाई भनेगर हाल्नुहोस् । र त्यसलाई २० मिनेट भन्दा बढि समय राख्नुहोस् । यसले खानेकुरामा पाईने धेरै प्रकारका ब्याक्टेरीयाहरु हटाउन मद्धत गर्दछ । अंगुरहरु जस्ता पातलो बोक्रो भएको फलफुलहरु राख्दा ध्यान दिनुहोला ।
बेकिङ सोडा र पानीले सफा गर्नुहोस्
पानीमा थारै बेकिङ सोडा प्रयोग गरेर पनि तरकारी र फलफुलको सतहमा भएको फोहोर र विषादीहरु मार्न सकिन्छ । यसमा १५ देखि २० मिनेट तरकारी र फलफुल राखी फेरी पानीले पखालेर प्रयोग गर्न सकिन्छ ।
चिसो बगिरहेको पानीमा पखाल्नुहोस्
विभिन्न अनुसन्धानले चिसो पानीले सतहमा भएको फोहोर र १२ मध्ये ९ विषदीहरु नष्ट गर्न देखाएको छ । यस्तै बगिरहेको पानी जस्तै धाराबाट सिधै फलफुल, तरकारीहरु धुँदा विषदीहरु अझ राम्रोसँग पखानिले विभिन्न अनुसन्धनाले बताउने पोषणविद्ध मिरा शाहा बताउँछिन् ।
बोक्रो फाल्नुहोस्
सतहमा भएको फोहोर र विषदी फाल्ने अर्का उत्तम उपाय भनेको बोक्राहरु फाल्नु हो । बोक्राहरुमा बढि मात्रामा विषदी हुनसक्ने हुनाले त्यसलाई फाल्न सबैभन्दा उत्तम उपाय हो ।
३. भान्सालाई सफा राख्नुहोस्
जहिले पनि भान्सालाई सफा राख्नुहोस् । पानीमा केही मात्रा साबुनहरु मिसाएर तपाईले सफा गर्नसक्नु हुनेछ । यस्तै रुघो, खोकी लागेको मानिसलाई भान्सामा प्रवेश गर्न बन्देज लगाउनुहोस् ।
४. उचित तापक्रममा खाना पकाउनुहोस्
भाईरसहरु तातोमा मर्न सम्भावन धेरै हुनेभएकोले उचित तापक्रममा खाना पकाउनुहोस् ।
५. बिरामी व्यक्तिले खाना नपकाउनुहोस्
कोही पनि बिरामी व्यक्तिले खाना बनाउनु हुँदैन । बिरामी व्यक्ति आफैले आफ्नो जिम्मेवारी महसुुस गरि खाना बनाउनु हुँदैन ।