काठमाडौं । नेपालमा थप दुईजना कोरोना संक्रमण पुष्टि भएको छ ।
कैलाली लम्की चुहा नगरपालिका घर भएकी उक्त ६५ वर्षिय महिला र रौतहट जिल्लामा क्वारेन्टाईनमा राखिएको १९ वर्षिय पुरुषको आईतबार टेकु अस्पतालमा नमुना परीक्षण गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा दुई कोरोना परीक्षण पोजेटिभ आएको बताएका हुन् ।
यही सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ जसमा ११ जना नेपाली रहेका छन् भने ३ जना भारतीय रहेका छन् । पहिलाे १ जना काेराेना संक्रमित घर फर्किसकेका छन् ।
हाल देशभर ७ हजार १ सय ६६ जना क्वारेन्टिनमा रहेका छन् भने १ सय ३ जना आईसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा पिसिअार मेसिनबाट ५ सय १९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै पिसिअार र र्यापिड डायगोनेस्टिक किटबाट साेमबारसम्म १० हजार ९ सय ८२ वटा कोरोना परीक्षण गरिएको छ ।