सनसिटी अपार्टमेन्टको २ जनामा कोरोना पोजेटिभ, १ जनाकाे नतिजा आउन बाँकी

<p>काठमाडौं । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टको दुईजनाको काेराेना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ । रियल टाईम पिसिआर मेसिनबाट कोभिड १९ परीक्षण गर्दा दुईजनाको नतिजा पोजेटिभ आएको हो । अर्को एक जनाको भने पीसीआरबाट परीक्षण गर्दा सङ्क्रमण नदेखिए पनि पुनः परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालाय श्रोतले जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डा समिर अधिकारी अनुसार [&hellip;]</p>

काठमाडौं । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टको दुईजनाको काेराेना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ ।

रियल टाईम पिसिआर मेसिनबाट कोभिड १९ परीक्षण गर्दा दुईजनाको नतिजा पोजेटिभ आएको हो । अर्को एक जनाको भने पीसीआरबाट परीक्षण गर्दा सङ्क्रमण नदेखिए पनि पुनः परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालाय श्रोतले जनाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा समिर अधिकारी अनुसार तीन जनामध्ये अपार्टमेन्टमा बसेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । उनीहरु बेलायतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । अहिले तीनै जनालाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा उपचार भइरहेको छ ।

सोमबार र्यापिड डायगोनेस्टिक किटबाट परीक्षण गर्दा अपार्टमेन्टको एकैपरिवारको ३ जनाको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

सह-प्रवक्ता डा अधिकारीका अनुसार उक्त अपार्टमेन्टमा बस्ने सबैको परीक्षण आजैबाट शुरु गर्ने र सङ्क्रमितहरुका नजिकका आफन्तका कन्ट्र्याक ट्रेसिङ पनि आजैबाट शुरु गरिनेछ ।

योसँगै १६ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । हिजो सोमबार दुई जनामा सङ्क्रमण देखिएको थियो । उनीहरुमा सङ्क्रमणको आशङ्का गरिएपछि प्रहरीले अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल’ गरेको थियो ।

Share News