काठमाडाैं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार ४ सय ८७ पुगेकाे छ । वल्ड मिटर्सका अनुसार भारतमा हालसम्म ३ सय ९३ जनाकाे मृत्यु भइसकेकाे छ ।
महाराष्ट्रमा सबैभन्दा बढी २६ सय ८७ जना संक्रमित भएका छन् । सो राज्यमा अहिलेसम्म १७८ जनाको मृत्यु भएको छ।
यस्तै दिल्लीमा अहिलेसम्म १५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ३० जनाको मृत्यु भइसकेको छ। विश्वभर फैलिरहेकाे काेराेना भाइरसले जनजीवन पनि निकै प्रभावित बनेकाे छ ।