काठमाडौं । सनसिटी अपार्टमेन्टका तेस्रो व्यक्ति (बुहारी)को काेराेनाभाईरस (काेभिड-१९) काे नमुना परीक्षण फेरी पनि नेगेटिभ आएको छ ।
कोरोनाभाईरस (काेभिड-१९)को पिसिआर मेसिनबाट गरिएको उनको दोस्रो परीक्षण पनि नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताए ।
मंगलबार सनसिटी अपार्टमेन्टमा उक्त व्यक्तिकाे परिवारको दुई सदस्य (८१ वर्षीया आमा र ५८ वर्षका छोरा)को पिसिआरबाट परीक्षण हुँदा नतिजा पोजेटिभ आएको थियो ।
कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा बुधबार देवकोटाले यस्तै सो परिवारसँग संलग्न कामदारहरुको पनि पिसिआर परीक्षणको लागि नमुना संकलन भईसकेको जानकारी दिए ।
यस्तै बुधबार अर्पाटमेन्टमा २ सय ९८ जनाको र्यापिड परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ ।