सुदुरपश्चिममा कोरोना संक्रमितको उपचारको लागि ३४ जना चिकित्सक पुगे धनगढी

<p>काठमाडौं । सुदुरपश्चिममा कोरोना संक्रमितको उपचारको लागि ३४ जना चिकित्सकको टोलीलाई धनगढी पठाईएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडिएमएस अध्यनरत ३४ चिकित्सकलाई कोरोना संक्रमितको उपचारको लागि शुक्रबार धनगढी पठाईएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताएका हुन् । सुदुरपश्चिम प्रदेशमा छिमेकी मुलुक भारतबाट आउने नेपालीहरुको संख्या धेरै रहेको र त्यहाँ जनशक्तिको आवश्यक महसुस [&hellip;]</p>

काठमाडौं । सुदुरपश्चिममा कोरोना संक्रमितको उपचारको लागि ३४ जना चिकित्सकको टोलीलाई धनगढी पठाईएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडिएमएस अध्यनरत ३४ चिकित्सकलाई कोरोना संक्रमितको उपचारको लागि शुक्रबार धनगढी पठाईएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताएका हुन् ।

सुदुरपश्चिम प्रदेशमा छिमेकी मुलुक भारतबाट आउने नेपालीहरुको संख्या धेरै रहेको र त्यहाँ जनशक्तिको आवश्यक महसुस भएकोले चिकित्सक पठाईएको देवकोटाले जानकारी दिए ।

उनी भन्छन्, ‘सुदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिष्दको कार्यलयबाट उनीहरुलाई उक्त प्रदेशको विभिन्न अस्पतालहरुमा परिचालन हुने गरी पठाईएको हो। ’

उनीहरुलाई हाल एक महिनाको लागि त्यहाँ पठाईएको र आवश्यकता अनुसार समय थप्ने देवकोटाले बताए ।

Share News