काठमाडौं । नेपालमा कोभिड १९ काे १४ नयाँ संक्रमित थपिएका छन् ।
उदयपुरमा १२ जना र चितवनमा दुई जनामा कोभिड १९ काे संक्रमण भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीले पुष्टि गरेका हुन् । १३ जना संक्रमित पुरुष र एक महिला रहेकाे उनले बताए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।
चितवनमा दुई जनामा भने बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुर्ण परीक्षण गर्दा उनीहरुकाे नतिजा फेरी पनि पाेजेटिभ आएकाे हाे ।
उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै आएका हुन् । निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
उदयपुरमा १२ जनाकाे थप विवरण आउन बाँकी छ ।