
काठमाडाैं । सेती प्रादेशिक अस्पतालमा उपचाररत् एकजनाकाे दाेस्राे रिपाेर्ट नेगेटिभ आएको छ। पाँचजना कोरोना संक्रमितमध्ये एकजनाको दोस्रो नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालले बताएकाे छ ।
उनी लम्कीचुहा नगरपालिकाका-२१ बर्षीय युवक हुन् । अस्पतालका अनुसार अहिले आइसोलेसनमै राखेर उपचार भइरहेको ती युवकको अर्को पटकको रिपोर्ट पनि नेगेटिभ आए मात्रै डिस्चार्ज गरिने छ।
धनगढी उपमहानगरपालिका- ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीया भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका-१ कि ५२ बर्षीया महिलाको कोभिड-१९ परीक्षण रिपोर्ट पुनः पोजिटिभ देखिएको हो।