फ्रान्सबाट आएकी काेराेना संक्रमित युवति निकाे भएर घर फर्किइन

<p>काठमाडाैं । फ्रान्सबाट आएकी काेराेना संक्रमित युवति निकाे भएर घर फर्किएकी छन् । उनी नेपालकी दोस्रो कोरोना संक्रमित युवती हुन् । उनी आज निकाे भएर घर फर्किएकाे बताइएकाे छ । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको [&hellip;]</p>

काठमाडाैं । फ्रान्सबाट आएकी काेराेना संक्रमित युवति निकाे भएर घर फर्किएकी छन् । उनी नेपालकी दोस्रो कोरोना संक्रमित युवती हुन् । उनी आज निकाे भएर घर फर्किएकाे बताइएकाे छ ।

चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको बताएकी छन् ।

आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

Share News