कोराना जितेकी वृद्दा भन्छिन्: हिम्मत नहारौं, कोरोनालाई अवश्य जितिन्छ

<p>काठमाडौं । बाग्लुङको अञ्चल अस्पताल भर्ना भएकी ६५ वर्षीया कोराना भाइरस संक्रमित महिलालाई कोरोना भाइरस नेगेटिभ देखिएपछि डिस्चार्ज भएकी छन् । उनी चैतमा १९ कोरोना भाइस पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएर उपचाररत थिइन् । आज उनको चौथो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज दिएको हो । उनले भन्छिन्, &#8216;हिम्मत नहारौं, कोरोनालाई अवश्य जितिन्छ।&#8217; ती महिलाभन्दा अगाडि कोरोना संक्रमण [&hellip;]</p>

काठमाडौं । बाग्लुङको अञ्चल अस्पताल भर्ना भएकी ६५ वर्षीया कोराना भाइरस संक्रमित महिलालाई कोरोना भाइरस नेगेटिभ देखिएपछि डिस्चार्ज भएकी छन् ।

उनी चैतमा १९ कोरोना भाइस पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएर उपचाररत थिइन् । आज उनको चौथो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज दिएको हो ।

उनले भन्छिन्, ‘हिम्मत नहारौं, कोरोनालाई अवश्य जितिन्छ।’

ती महिलाभन्दा अगाडि कोरोना संक्रमण भएर भर्ना भएकी १९ वर्षिया युवतीको भने चौथो पटकको परीक्षण पोजिटिभ आएको छ।

६५ वर्षिया महिला र ती युवती बेल्जियम हुँदै चैत ४ गते नेपाल आएका हुन्। कतार एयरवेजको विमानमा नेपाल आएकामध्ये संक्रमण देखिएकी अर्की युवती आजै टेकु अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्।

 

Share News