काठमाडौं । अहिले विहान ६ः३० बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २३ लाख ३० हजार ८ सय ५२ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ६० हजार ७ सय ५४ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ९६ हजार ४ सय ८२ जनालाई चाहिँ निको भइसकेको छ ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ३९ हजार १४ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ७ लाख ३८ हजार ७ सय ९२ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १५ हजार ७ सय २२ पुगेको छ भने अहिलेसम्म ५२१ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ३१ जना संक्रमित भएका छन् भने ३ जना लाई निको भइसकेको छ ।
(तथ्यांक साभार : वल्डोमिटर)