काठमाडौं । कोरोना भाइरस संक्रमण (कोभिड-१९) काे कारण २८ जना नेपालीले ज्यान गुमाएका छन् । गैर आवासीय नेपाली संघका अनुसार विदेशमा रहेका २८ जनाले काेरेाना भाइरसका कारण ज्यान गुमाएका हुन् ।याे शनिबार साँझसम्मकाे तथ्याक हाे । हालसम्म १ हजार १ सय ३५ जना संक्रमित भएकाे बताइएकाे छ । यस्तै, २० देशमा रहेका नेपालीलाई कोरोना संक्रमण भएको भेटिएको संघले जनाएको छ । त्यस्तै, बहराइनमा ४९ जनालाई संक्रमण भएको छ ।
संक्रमण भएका नेपालीमध्ये सबैभन्दा धेरै युरोपमा ६४ प्रतिशत, अमेरिकामा २९ प्रतिशत, मध्यपूर्वमा ७ प्रतिशत छन् ।